दफा ३४
कसूर गर्ने उद्योग गर्न नहुने

(१) कसैले कुनै कसूर गर्ने उद्योग गर्न हुँदैन ।
(२) जुन कसूरको उद्योग भएको हो त्यस्तो कसूर हुन असम्भव भएमा पनि उद्योग गरेको मानिनेछ ।
(३) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कसूरगर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तोे कसूरको लागि तोकिएको सजायको आधा सजाय हुनेछ ।